करेन्ट लागेर गलकोटमा एक जनाको मुत्यु

बागलुङ, १३ माघ । गलकोट नगरपालिका वडा नं ६ ठुलाथरमाा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर आज दिउसो एक जनाको मुत्यु भएको छ ।
ताराखोला गाँउपालिका वडा नं ४ घर भइ हाल गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा बस्दै आउनुभएका २७ वर्षिय डम्मर थापाको आज दिउसो करिब साढे १२ बजेको समयमा हरिचौरमा रहेको सब स्टेशनको लाइन मर्मत गर्ने क्रममा घटना स्थलमै मुत्यु भएको प्रहरी चौकी गलकोटका प्रमुख अर्जुन बम मल्लले जानकारी दिनुभयो । थापा हरिचौर सब स्टेशनमा कर्मचारीको रुपमा समेत काम गर्दै आउनुभएको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here