
बागलुङ, १३ माघ । बागलुङमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच सय बढी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङको अनुसार बिहीबार जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ४१ रहेको छ ।
यस्तै बागलुङमा पछिल्लो २४ घण्टामा ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बिहीबार ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताउनुभयो । बिहिबार ४६ जना कोरोना निको हुँदै डिस्चार्ज भएका छन् ।
संक्रमितहरु मध्ये ८ जना धौलागिरी अस्पतालको आइसोलेसन र ५३३ जना होम आइसोलेसनमा रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।