विपन्न परिवारलाई रेडक्रस मालिकाको खाद्यान्न सहयोग

बागलुङ, १२ माघ । नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

मालिकाको एक विपन्न परिवारलाई रेडक्रस मालिका उपशाखाले मंगलबार चामल, दाल, नुन, तेल र न्यानो व्लाङ्केट सहयोग गरेको हो ।

सहयोग हस्तान्तरणपछि बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्यले रेडक्रसले समस्यामा परेका नागरिकहरुको सेवामा मन, बचन र कर्मले सहयोग गर्नुपर्ने र वास्तविक पीडितको पीडामा मलमपट्टी लगाउनु कर्तव्य रहेको बताउनुभयो ।

कार्यक्रममा सहयोग दाताको तर्फबाट धवलागिरी बीरेन्द्र माध्यामिक बिद्यालय एस.एल.सी.व्याच २०५६ का तर्फबाट सागर आचार्य, इन्द्रा काउचा, ध.वि.मा.वि पूर्व विव्यस अध्यक्ष दिपक सापकोटा, पूर्व जिल्ला रेडक्रस उपकोषाध्यक्ष जीवननाथ शर्मा, सामाजिक व्यक्तित्व रामप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भएको थियो ।

कार्यक्रम उपशाखा सभापति रेशमलाल सापकोटाको अध्ययक्षता, कार्य समिती सदस्य गोबिन्द सापकोटाको स्वागत मन्तव्य र उपसचिव बलराम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here