
एजेन्सी । एक युवतीले आफ्नो पूर्वप्रेमीलाई बदला लिनका लागि सताएको घटना अहिले भाइरल भइरहेको छ ।
ती युवती र उनको प्रेमीबीच केही महिनाअघि मात्रै ‘ब्रेकअप’ भएको थियो ।
आफ्नो प्रेमी अर्को युवतीसँग नजिकिन थालेपछि ती युवतीले सम्बन्ध तोडेकी थिइन् ।
द सनको एक रिपोर्ट अनुसार आफ्नो प्रेमीले अन्य युवतीसँग डेट गरेको थाहा पाएपछि उनले ब्रेकअप दिएकी थिइन् ।
ब्रेकअपपछि ती युवतीले पूर्वप्रेमीसँग बदला लिने योजना रचिन् ।
उनले सामाजिक सञ्जाल टिकटकमा बताएकी छिन् की, ६ महिनापहिले प्रेमीको अर्कै युवतीसँग सम्बन्ध छ । त्यसपछि उनले ब्रेकअप गरेको बताएकी छन् ।
ब्रेकअप पछि आफूले गर्भवती भएको नाटक रचिन् ।
उनले आफ्नो स्वीटरमा केही कपडा राखिन र आफ्नो पेटमा राखेर बेबी बम्पसमेत बनाइन् ।
त्यसपछि तस्वीहरू खिचाएर पूर्वप्रेमीलाई पठाइन् ।
त्यसपछि पूर्वप्रेमीले युवती गर्भवती भएको तस्वीर देखेर छक्क परेको युवतीले बताएकी छन् ।
त्यसपछि के भयो भन्नेबारे भने युवतीले बताएकी छैनन् ।
केही महिलाले ती युवतीको पक्ष लिएको बताइएको छ ।
धोकेबाज पुरुषलाई सबक सिकाउन राम्रो काम गरेको भन्दै उनको पक्षमा केहीले बोलिरहेको बताइएको छ ।