
बागलुङ, १ माघ । बागलुङमा शनिबारदेखि विद्यालय स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ ।
रस आवर फुटसल प्रा.लि.को आयोजनामा सुरु भएको प्रतियोगितामा शनिबार ६ खेल सम्पन्न भएका छन् ।
शनिबार भएको उद्घाटन खेलमा आदर्श विद्यामन्दिर विद्यालयले सिदार्थ शिक्षा सदन (वि)लाई ७–२ गोलअन्तरले पराजित गरेको छ ।
यस्तै दोस्रो खेलमा आदर्श विद्यामन्दिर (ए)ले अमर आदर्श माध्यमिक विद्यालयलाई ३–२ गोलअन्तरले पराजित गर्यो । तेस्रो खेलमा सिदार्थ शिक्षा सदन (ए)ले गुराँस विद्या सदनलाई १८–१ गोल अन्तरले पराजित गर्योभने चौथो खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले (ए)ले गरिमा आवासिय माविलाई ५–३ गोलअन्तरले पराजित गरेको छ ।
यस्तै आजै भएको पाँचौ खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल (बि)ले टाइब्रेकरमा जित हात पार्यो । निर्धारित समयमा चल्ड्रेन लाईफ (बि) र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय (बि) २–२ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा चिल्ड्रेन लाईफले ३–१ ले जित हात पार्यो । यस्तै आजको अन्तिम खेलमा सिदार्थ शिक्षा सदन (ए)ले फ्युचर ब्राइटर माध्यमिक विद्यालयलार्य ७–१ गोल अन्तरले पराजित गर्यो ।
आईतबार सेमिफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ ।
आईतबार पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन लाईफ (ए)ले आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय र दोस्रो सेमिफाइनल खेल सिदार्थ शिक्षा सदन विरुद्ध चिल्ड्रेन लाईफ (वि) विच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्ने छ ।