भीमापोखरामा ट्याक्टर दुर्घटना

बागलुङ, २५ पुस । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा आईतबार ट्याक्टर दुर्घटना भएको छ ।

आईतबार भीमापोखरा स्वास्थय चौकीको ग्याबिन चिन्ने ढुंगा बोकेको ध १ त ६०७ नम्बरको ट्याक्टर दुर्घटना भएको स्थानिय ऋषिराम शर्माले जानकारी दिनुभयो । उहाँले घुमियाथाना देखि स्वास्थ्यचौकी आउने क्रममा कोट घुम्तिमा दुर्घटना भएको हो जानकारी दिनुभयो ।

दुर्घटना हुँदा ट्याक्टरमा क्षति भएपनि चालकलाई केहि नभएको स्थानिय शर्माले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here