पत्रकारले आचारसंहिताको पालना गरी पत्रकारिता गर्नुपर्छः अध्यक्ष बस्नेत

बागलुङ, २१ पुस । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुले पत्रकार आचारसंहिता सधै पालना गर्नुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालको आयोजना र जिल्ला पत्रकार महासंघ बागलुङको समन्वयमा मंगलबार सम्पन्न भएको पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै बस्नेतले पत्रकारिता क्षेत्र र पत्रकारहरु सधै आचारसंहिताको सिमा भित्र बसेर पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले काउन्सिलको काम पनि जागरण फैलाउने भएकोले निरन्तर चासो गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले उपस्थित पत्रकारहरुलाई पत्रकार आचार संहिताको सपथ गराउनुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी गणेश पौडेल, जिल्ला प्रहरी कार्यालय बागलुङका विराट पौडेल र नेपाल पत्रकार महासंघ बागलुङका पूर्वकेन्द्रीय सदस्य पुण्य पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेलले पत्रकार अचारसंहिताको बारेमा जानकारी गराउनुभएको थियो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष नवीन शिशिर बिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहसचिव तारानाथ आचार्यले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here