ताराखोलामा तेक्वान्दो खेलाडीको बेल्ड ग्रेडिङ

बागलुङ, २० पौष । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा तेक्वान्दो खेलाडीको बेल्ड (पेटी) ग्रेडिङ गरिएको छ ।

जिल्ला तेक्वान्दो संघ बागलुङको आयोजनामा मंगलबार ताराखोला गाउँपालिका–५ को दुर्गा माध्यमिक विद्यालयमा ७० जना तेक्वान्दो खेलाडीहरुको बेल्ड ग्रेडिङ तथा तेक्वान्दो प्रदर्शनी गरिएको हो ।

खेलाडीहरुको सेतो पेटी (ह्वाइट बेल्ड)को परिक्षण जिल्ला तेक्वान्दो संघ बागलुङका प्रशिक्षक पर्शुनारायण बोहोराले गर्नुभएको थियो । ह्वाइट बेल्ड परिक्षणको नतिजा बुधबार प्रकाशित हुने जिल्ला तेक्वान्दो संघ बागलुङका सचिव नन्दु विष्टले जानकारी दिनुभयो । उहाँले परिक्षणमा पास हुने खेलाडीहरुले पहेलो पेटी पाउने जानकारी दिनुभयो ।

बेल्ड ग्रेडिङको उद्घाटन समारोहमा ताराखोला गाउँपालिका गाउँकार्यपालिका सदस्य मनकुमारी रोका, दुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं सल्लाहकार कुल बहादुर रोका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर घर्ती र जिल्ला तेक्वान्दो संघ बागलुङका प्रशिक्षक पर्शुनारायण बोहोराले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला तेक्वान्दो संघ बागलुङका सचिव नन्दु विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला तेक्वान्दो संघ बागलुङका सदस्य अर्जुन थापा मगर र संचालन दुर्गा माध्यमिक विद्यालयका शिक्षक धन बहादुर घर्ती मगरले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here