शैक्षिक सुधार योजना कार्यमुलक अनुसन्धान कार्यशाला सकियो

बागलुङ, २० पौष । बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर २ मा सञ्चालित बिद्यालय शैक्षिक सुधार योजना अन्तर्गत ५ दिने कार्यमुलक अनुसन्धान कार्यशाला सम्पन्न भएको छ ।

समापन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका–२, भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्माले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

समापन कार्यक्रममा नेकपा एमाले भीमापोखराका अध्यक्ष नारायणदत्त रेग्मी, सहकारी शिक्षक गणेश थापा र प्रशिक्षक चन्द्र बहादुर खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यशालाका भीमापोखरामा रहेका ९ वटा विद्यालयका कक्षा १–५ तहका शिक्षकहरुको सहभागिता रहेको थियो ।

बिद्यालय शैक्षिक सुधार योजनाका अध्यक्ष टिका बहादुर का र्कीको अध्यक्षता जनप्रिय आधारभूत बिद्यालयका शिक्षक गित शर्माको स्वागत र कार्यक्रम अनुगमन समितिका संयोजक अनिल शर्माको संचालनमा कर्यक्रम सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here