
बागलुङ, १४ पौष । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँ घोडाबाधेमा विहानैदेखि हिमपात भइरहेको छ ।
बुधबार विहानैदेखि विहुँको घोडाबाधे, भ्यू टावर, रिजालचोकमा हिमपात भइरहेको स्थानिय दिवस कंडेलले बताउनुभयो । हिउँ बाक्लै जम्मा भइसकेकोले उक्त क्षेत्र सेताम्य बनेको स्थानिय कंडेलले बताउनुभयो ।
हिमपातको कारण चिसो बढेकोले जनजिवन कष्टकर बनेको छ ।
घोडाबाधे, आर्मि क्याम्प, भ्यूटावर, रिजालचोक लगायतमा हिउँ खेल्न युवाहरु पुगिसकेका छन् ।