भारतको हरिद्धारमा बागलुङ, कास्की र म्याग्दीका २४ जना युवा अलपत्र

खिम बहादुर कार्की
बागलुङ, ६ जेठ ।
कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा बागलुङ, कास्की र म्याग्दीका २४ जना मजदुर फसेका छन् । रोजगारीको सिलसिलामा भारतको दिल्ली गएका उनीहरु फर्किने क्रममा हरिद्धारमा अलपत्र परेका हुन् ।
भारतमा अलपत्र परेका बागलुङ, पोखरा र म्याग्दीका २४ जना मजदुरले आफ्नो देश फर्काइदिन आग्रह गरेका छन् । भारतको हरिद्धार क्षेत्रमा अलपत्र परेका बागलुङका १०, कास्कीका ९ र म्याग्दीका ५ जना मजदुरले नेपाल फर्काइदिन अनुरोध गरेका हुन् ।
भारतको दिल्लीमा होटलमा काम गर्दै आएका उनीहरु विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण रोजगारी गुमेपछि हिडेर नेपाल आउने क्रममा हरिद्धारमा प्रहरीले समातेर क्वारेन्टाइनमा राखेको हो । उक्त टोलीमा बागलुङको गल्कोट नगरपालिका–१ का १ जना, काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा र ४ तंग्रामका ९ जना, कास्कीको लेखनाथ नगरपालिकाका ९ जना र म्याग्दीको मंगला गाउँपालिका–३ र ४ का ५ जना रहेका छन् ।
रोजगारी गुमेपछि नेपाल फर्किने क्रममा हरिद्धारको प्रहरीले पक्राउ गरि क्वारेन्टाइनमा राखेको क्वारेन्टाइनबाट बागलुङका ओम मगरले खबरवे अनलाईनलाई जानकारी दिए । उनले ५० दिनदेखि क्वारेन्टाइनमा रहेपनि नेपाल फर्किन भारतीय प्रहरीले नदिएको उहाँले जानकारी गराए । ‘हामी ५० दिनदेखि भारतको हरिद्धार भन्ने स्थानमा क्वारेन्टाइनमा रहेका छौं,’ मगरले भने–‘हामीले यहाँको प्रहरीलाई नेपाल फर्काइदिन भन्दा अन्तराष्ट्रिय मामिला रहेको र नेपाल सरकारले भनेपछि मात्र फकाईदिन सक्ने बताइएको छ । हाम्रो उद्धार गरिदिनुहोस् ।’
मगरले भने– ‘त्यहाँको प्रहरीले नेपाल सरकारले तिमीहरुलाई बोलाएको छैन कसरी पठाउने भनेको छ हामी अलपत्र पर्यौ उद्धार गरिदिनुहोस् । ‘यहाँ हामीलाई कैदिलाई जस्तो थुनेर राखेको छ,’ मगरले भने–‘ न त समयमा खाना दिन्छ न पेटभरी भरी नै । केहि भन्दा तेरो देश होइन भन्दै गाली गर्छ । क्वारेन्टाइनमा हामीलाई कैदिलाई जस्तो व्यवहार भयो ।’
पहिले सुरक्षित महशुष गरिरहेका उनीहरुले अहिले आफुहरुलाई अशुरक्षित महशुष गरेका छन् । पहिलेका सवैको कोरोना परीक्षण हुँदा नेगेटिभ आएको र अहिले भारतको गुजराज राज्यको अहमदाबादबाट थप ५ जना नेपालीलाई पक्राउ गरि क्वारेन्टाइनमा राखेकोले असुरक्षित महशुष भएको मगरले जानकारी दिए । ‘यहाँ कोरोना संक्रमितको संख्या बढी रहेको छ, नयाँ ल्याइएका ५ जनाको कोरोना परीक्षण गरिएको छैन र हामीसँगै राखिएको छ,’ मगरले भने–‘हाम्रो उद्धार नहुँदा हामीलाई असुरक्षित महशुष भएको छ ।’
हरिद्धारको रुस्नाबाद भन्ने स्थानमा रहेका उनीहरुले पछिल्लो समय उक्त स्थानमा कोरोना संक्रमण बढ्दो रहेकोले आफुहरुलाई चाडो घर फकाईदिन सम्बन्धित निकायहरुलाई अनुरोध गरेका छन् । थापाले आफुहरु नेपाल आएपछि क्वारेन्टाइनमा बस्नराजी रहेको र जति सक्दो चाडो उद्धार गरिदिन नेपाल सरकार र सम्बन्धित पालिकाहरुलाई अनुरोध गरेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here