
बागलुङ, १४ पौष । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा हिमपात सुरु भएको छ ।
वर्षासँगै बुधबार बिहानैदेखि धम्जा देउरालीमामा हिमपात सुरु भएको हो ।
धम्जामा यो वर्षको पहिलो पटक हिमपात भएको हो । धम्जाको देउराली, ओखले, माझकटेरामा बाक्लै हिउँ जम्मा भएको छ ।
आज मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।