
म्याग्दी, १३ मङ्सिर । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलामा आज (सोमवार) जीप दुर्घटना भएको छ । सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो । दुर्घटनामा जीप चालकसहित ६ जना घाइते भएका छन् ।
दुर्घटनामा परेकाहरूको पहिचान खुल्न र दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।








