६ लाख ३२ हजार नगद र ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ

काठमाण्डौ , १९ कात्तिक । काठमाण्डौमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति काठमाण्डौको नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनीहरुको साथबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको छ ।

चाडपर्वमा जुवा तास खेल्ने प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न प्रहरीले कारबाही अभियान चलाइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here