जापानमा तेस्रो रनिङ कप भलिबल प्रतियोगिताको तयारी तिव्र

बागलुङ १८ कात्तिक । स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल”भन्ने मूल नाराका साथ भलिबल संघ जापानले डिसेम्बर १५ मा जापानमा तेस्रो रनिङ कप भलिबल प्रतियोगिता-२०२१ खेल संचालन गर्ने भएको छ ।

नेपालको राष्ट्रिय खेलको संरक्षण सम्वर्धन र खेल मार्फत युवा पिढीमा अनुशासनको विकास गर्दै प्रवासमा भलिबल खेल प्रतियोगितालाई नियमितता दिने उद्देश्यले आयोजित हुन लागेको सो प्रतियोगिता सञ्चालनको लागि आवश्यक तयारी तिव्ररूपमा भैरहेको प्रतियोगिता मूल आयोजक समितिको कार्यक्रम समयोजक रत्नसिंह बस्नेतले जानकारी दिए । सो खेल प्रतियोगिता सञ्चालन गर्नका लागि विभिन्न उप समिति गठन गरि जिम्मेवारी बाँडफाँडका साथ प्रतियोगिताको तयारी भैरहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख र सेमीफ़ाइनलिश्ट दुवै समुहलाई सान्त्वना पुरस्कार स्वरूप ५०/५० हजार रकमको पुरस्कार प्रदान गरिने बताईएको छ ।

यसका साथै प्रतियोगितामा ५ बिधागत रूपमा समेत खेलाडीलाई पुरस्कार प्रधान ग़रिने छ । जसमा वेष्ट प्लेयर,वेष्ट स्पिकेर, वेष्ट डिफ़ेण्डेर, वेष्ट ब्लकर र वेष्ट कोचलाई पनि पुरस्कार प्रदान गरिने बताईएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here