प्रेस सेन्टर बागलुङको अध्यक्षमा थापा चयन

बागलुङ, १६ कार्तिक । प्रेस सेन्टर बागलुङको अध्यक्षमा थम्मन थापा ‘सन्देश’ चयन हुनुभएको छ ।

सेन्टरको मंगलबार बागलुङमा सम्पन्न पाचौं जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गरेको हो ।

समितिको उपाध्यक्षमा सज्जन कुमार सिंह र सरिता खत्री, सचिवमा अनिश खाती, सहसचिवमा शर्मिला रोका र योगेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा कृष्ण सापकोटा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा बिमल खड्का, सुमन सुनार, कुम्बिर विश्वकर्मा, पूर्णभद्र निउरे, रोसन थापा मगर, सविता खत्री, चानसिंह श्रीस, बिमल पौडेल, धन बहादुर विश्वकर्मा, जगेन्द्र विश्वकर्मा, अशोक बुढाथोकी र सन्तोषी कार्की रहनुभएको छ । थप दुई समिति पछि थप गरिने अध्यक्ष थापाले बताउनुभयो ।

यस्तै सम्मेलनले १६ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकारहरुमा बद्री प्रसाद शर्मा, निर्मल बहादुर श्रेष्ठ, राजेशचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, कोपिला कंडेल, घनश्याम गौतम, बेलुकाजी थापा, राज थापा, खगेन्द्र विश्वकर्मा, संगम घर्ती मगर, राम थापा ‘अविरल’, झपेन्द्र क्षेत्री, शिवशरण ज्ञवाली, मित्र खरेल, वीर बहादुर चोखाल र राजु खड्का रहनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here