
बागलुङ, ४ कार्तिक । जेसीज बागलुङले जेसिज सप्ताह २०२१ मनाउने भएको छ । जेसीज बागलुङले कार्तिक ६ गतेदेखि १२ गतेसम्म जेसीज सप्ताह २०२१ संचालन गर्ने शुक्रबार पत्रकार सम्मेलन गरि जनानकारी गराएको हो ।
संस्थाले प्रत्येक वर्ष जेसीज सप्ताह कार्यक्रम गर्दै आएको छ । कार्यक्रमका लागि संस्थाका कार्यकारिणी उपाध्यक्ष अमर बहादुर थापालाई मूल संयोजक चयन गरिएको छ ।
जेसिजले युवा सम्मान, मैत्रीपूर्ण फुटसल प्रतियोगिता, स्लो बाईक रेश, तालिम, साइकल यात्रा, नेतृत्व प्रतियोगिता, वक्तृत्वकला लगायतका कार्यक्रम गरेर जेसीज सप्ताह मनाउन लागेको जेसीज बागलुङका कार्यकारिणी उपाध्यक्ष एवं जेसीज सप्ताह २०२१ का मुल संयोजक अमर बहादुर बताउनुभयो ।
जेसीज सप्ताहको पहिलो दिन उद्घाटन सहित स्व. कृष्ण प्रसाद शाक्य स्मृति युवा सम्मान कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रमको लागि प्रकाश आचार्यलाई संयोजक चयन गरेको छ । सोहि दिन दिउँसो हुने पत्रकार महासंघ बागलुङ र जेसीज बागलुङ विच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको लागि सुशान्त कृष्ण श्रेष्ठ संयोजक रहेका छन् । यस्तै कार्तिक ७ गते स्व. सत्यदेवी स्मृति स्लो बाईक रेस प्रतियोगिता हुने र उक्त प्रतियोगिताको लागि सन्तोष कार्कीलाई संयोजक चयन गरिएको जनाइएको छ ।
यसैगरी कार्तिक ८ गते हुने बैंकर्स करियर तालिमको संयोजकमा अन्जिता श्रेष्ठ रहनुभएको छ । उक्त तालिममा बैंकर्स हुन चाहनेहरु सहभागिता हुन सक्ने जेसीज बागलुङ वर्ष २०२१ का अध्यक्ष आनन्द प्रसाद रेग्मीले बताउनुभयो । कार्तिक ९ गते स्वास्थ्य पर्यावरणका लागि साइकल यात्रा कार्यक्रम हुने भएको छ । बागलुङ बजारको लोकतान्त्रिक चोकबाट संचालन हुने साइकल यात्रा बागलुङ बजार परिक्रममा गरि बागलुङ नगरपालिका–४ कुँडुलेमा पुगेर समापन हुने जनाएको छ । उक्त कार्यक्रमको संयोजकमा बिन्दा कार्की सोनी रहनुभएको छ ।
यस्तै कार्तिक १० गते प्रभावकारी सार्वजनिक वाक्कला तालिम संचालन हुने र उक्त तालिमको संयोजकमा गणेश महतो रहनुभएको छ । यस्तै कार्तिक ११ गते वाईवाई नृत्य प्रतियोगिता संचालन हुने र संयोजक सुराक शाक्य रहनुभएको छ । अन्तिम दिन कार्तिक १२ गते स्व. प्रगति स्मृती बक्तृत्वकला प्रतियोगिता, पुरस्कार वितरण र समापन कार्यक्रम रहेको छ । साविक धौलागिरी अञ्चलका अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकल प्रतियोगिताको संयोजकमा साधना पन्त रहनुभएको छ ।
सप्ताहका कार्यक्रमहरु संचालन गर्नको लागि जेसीज बागलुङ र सहयोगी संस्था मार्फत आर्थिक व्यवस्थापन गरिने अध्यक्ष रेग्मीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय रानाले जेसीजले सामाजिक क्षेत्रमा गर्दै आएको काम निकै सह्रानीय भएको बताउनुभयो ।
जेसीज बागलुङ वर्ष २०२१ का अध्यक्ष आनन्द प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव प्रकाश आचार्यले गर्नुभएको थियो ।








