अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

अर्घाखाँची, १ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन ।

आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here