
बागलुङ, १६ असोज । बागलुङको पश्चिम तमानखोला गाउँपालिकामा एक बेवारिसे शव फेला परेको छ ।
तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजार नजिकैको खोलामा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । खोलामा शवदेखे स्थानीयले प्रहरीले खबर गरेका थिए ।
घटनाबारे अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । शवको प्रकृति हेर्दा धेरै पहिले नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।









