
बागलुङ, २ असोज । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ बागलुङ क्षेत्र नम्बर १ को अध्यक्षमा सिता छन्त्याल थापा चयन हुनुभएको छ ।
संघको शनिबार भएको भेलाले थापाको अध्यक्षतामा ३५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा शर्म, सचिवमा नितु खड्का, सहसचिवमा तसलिमा खातुन र कोषाध्यक्षमा ममता थापा विसी रहनुभएको छ ।
भेलामा पूर्वउर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, नेकपा (एकीकृत समाजवादी) बागलुङका जिल्ला संयोजक लाल बहादुर थापा, प्रदेश कमिटी सदस्य गोविन्दराज गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गण्डकी प्रदेश कमिटी सदस्य सिता शर्माको अध्यक्षतामा सम्पन्न भएको भेलामा सिता छन्त्याल थापाको स्वागत मन्तव्य र सुनिता पुरीको संचालनमा सम्पन्न भएको थियो ।










