चीनमा शक्तिशाली भूकम्प

बेजिङ/ एजेन्सी । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ ।  बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ ।

अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ ।

भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ । सो क्षेत्रमा केही संरचना भत्किएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here