नेकपा (एस) गण्डकीको अध्यक्षमा गुरुङ, सदस्यमा बागलुङका पाँच जना चयन

बागलुङ, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् ।

तुलबहादुर गुरुङ

प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो । प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहेका छन् ।

कमिटीमा उपाध्यक्ष र महिला उप सचिव पद खालि राखिएको केन्द्रिय सदस्य चुडामणि जंगलीले जानकारी दिए । कमिटीमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु पदेन रहने उनले बताए । बैठकले कमिटीहरु निर्माण गर्ने र पार्टीजीवनलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय समेत गरको छ ।

यस्तै प्रदेश कमिटीको सदस्यमा बागलुङ जिल्लाबाट पाँच जना चयन भएका छन् । बागलुङबाट प्रदेश कमिटी सदस्यमा भूपाल चालिसे, गोविन्दराज गौतम, हिमाल शर्मा, सीता शर्मा र कमल घिमिरे चयन भएका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here