कांग्रेस अधिवेशनले दिएको सन्देश (सम्पादकिय)

देशकै सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेस बागलुङले दश वटै स्थानीय तहको ८५ वटा वडामा अधिवेशन सम्पन्न गरेको छ । यस पटकको अधिवेशनले धेरै जसो वडाको सभापतिमा युवा पुस्ताको बर्चश्व रह्यो । धेरै वडाअध्यक्षहरु ४० बर्ष उमेर समुहका छन् । हातपाखुरा चल्ने बेलासम्म नेतृत्व नछोडन्े पदीय मोहको संस्कार विकास भैरहेको बेला वडा स्तरमा भएको नेतृत्व परिर्वतन र हस्तान्तरणले युवा पुस्ता राजनीतिमा आकर्षित हुन्छन की भन्ने सन्देश दिएका छ । राजनीतिलाई सही ढंगले सञ्चालन, व्यवस्थापन र जनमैत्री नबनाउने, पार्टीलाई रुपान्तरण गरी युग सुहाउँदो बनाउन नसक्ने नेतृत्वबाट आजित भएका जनता र कुनै पनि पार्टीमा आस्था र विचार राख्ने कार्यकर्ता र शुभेक्षकको लागि तन्नेरीहरु राजनीतिक नेतृत्वमा आउनुले आशाको दियो जलेको छ ।

सवाल नेपाली कांग्रेसको मात्र होईन, नेपालमा अस्तित्वमा रहेका राजनीतिक दलले युवालाई नेतृत्वको बाघडोर सम्हाल्न नदिने, सास रहेसम्म आफुले नै गर्नुपर्छ, म बाहेक अरुले सक्दैनन भन्ने दम्भ, घमाण्ड र स्वास्र्थीपनले नेपाली राजनीति विकृत, दुषित र व्यक्ति केन्द्रीत बनेको छ । युवाहरुले पनि आफुलाई परिस्कृत र जिम्मेवारपूर्ण बनाउनु पर्छ । हाईटहुईट, एक छिनको आवेग, कसिला तिग्र र पाखुराको भरमा नेतृत्वमा पुग्ने होईन, जनताको माग, समयको आवश्यकता अनुसारमा मुद्दा बोकेर नेतृत्वको जिम्मेवारी सम्हाल्नु पर्छ ।

बुढो नेपाली कांग्रेसले नेतृत्व हस्तान्तरणको अभ्यास वडा तहबाट गरेको छ । जिम्मेवारी हस्तान्तरणको यो अभियान, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्म कार्यान्वयन गर्नु आवश्यक छ । दशकौ देखि एउटै व्यक्ति शक्ति, सत्ता र नेतृत्वमा रही रहनु देश, जनता र स्वयम पार्टी जीवनको लागि पनि उपयुक्त होईन । समय सापेक्ष चारण, व्यवहार, दृष्टिकोण, सोचमा परिवर्तन हुननसक्ने, जडसुत्रवादी नेतृत्वले देश र जनताको भलो गर्न सक्दैन । नेपाली कांग्रेसले वडा तहमा युवाको नेतृत्वलाई प्राथमिकता दिएको छ । अन्य दलले पनि राम्रो अभ्यासको अनुसरण गर्नु आवश्यक छ । सधैभरी नेतृत्वमै रहने र अन्य नेता, कार्यकर्तालाई दास सम्झने प्रवृत्तिलाइ निरुत्साहीत गर्र्नै पर्छ । नेतृत्व हस्तान्तरणको अभ्यास हुनसकेन भने पार्टी अनुशासन, विधि विधान, विचार र मुद्दा ओझेलमा पर्छ । कसरी बन्ने र हराउनेमा राजनीतिक केन्द्रीत भयो भने, राजनीति सबै भन्दा फोहोरी खेल बन्दै जान्छ । राजनीतिकलाई डटी गेम होईन राजनीति सबै भन्दा राम्रो अभ्यास भन्ने मनोभावनको विकास गराउनु पर्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here