इजरायल रोजगारीः साढे २ हजार आवेदन अस्वीकृत

काठमाडौं, २६ भदौ । सुसारे  (केयर गिभर)को  रूपमा  इजरायल  जानका  लागि आवेदन दिएका मध्ये दुुई हजार ६९६ को आवेदन  अस्वीकृत  भएको  छ ।

वैदेशिक रोजगार  विभागले  साउन  १२  देखि  ३२ गतेसम्म अनलाइनमार्फत परेका १० हजार आवेदनको रुजु गर्ने क्रममा  ती आवेदन अस्वीकृत गरिएको हो ।

तोकिएको मापदण्ड तथा  योग्यता  नपुगेका  कारण  आवेदन अस्वीकृत  भएको  विभागका  महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । उनका अनुसार इजरायलका लागि एक हजार जनाको माग भएकोमा अनलाइनमार्फत नौ हजार ६९९  जनाको आवेदन परेको थियो । गोरखापत्रमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here