सामूहिक हत्या प्रकरण–शंकास्पदको डीएनए परीक्षण गरिँदै

सङ्खुवासभा, २६ भदौ । सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङ्गमा भएको सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण पक्रिया अगाडि बढाइएको छ ।

गत  सोमबार  भएको  सामुहिक  हत्या   काण्डमा   संलग्न   अपराधीलाई   कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको   प्रहरीले   अनुसन्धान   प्रक्रिया   अगाडि   बढाउने   क्रममा   मृतकहरूसँग   प्रत्यक्ष  र  अप्रत्यक्ष  जोडिने  आफन्त  तथा  छिमेकी  केही  व्यक्तिको  डीएनए  परीक्षण  प्रक्रिया सुरु गरेको हो ।

हत्यारा   नजिक   पुग्न   प्रहरीले   मानवीय  तथा  प्राविधिक  दुवै  कोणबाट  अनुसन्धान  प्रक्रिया  अगाडि  बढाइरहेको  छ   ।    चार  दिनअघि  मादी  नगरपालिका–  १   उम्लिङ्गका तेजबहादुर   कार्कीसहित   उनकै  परिवारका  छ  जनाको  सामुहिक  हत्या   भएको   थियो   ।

सो   हत्याको   अनुसन्धानका  लागि  प्रदेश  नम्बर  १  प्रहरी  कार्यालयका  प्रहरी  नायब  महानिरीक्षक  अरुणकुमार  बिसी  नेतृत्वको  प्रहरी  टोली,  केन्द्रीय  अनुसन्धान  ब्युरो  (सीआईबी)को  टोली,  सङ्घीय  इकाई  प्रहरी  कार्यालय  धरानको  टोली  र  जिल्ला  प्रहरी  कार्यालय  सङ्खुवासभाको  टोलीले  अनुसन्धान  गर्दै  आएको छ ।गोरखापत्रमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here