अफगानिस्तानमा २ जना पत्रकारलाई तालिबानले दियो चरम यातना

एजेन्सी । अफगानिस्तानका दुईजना पत्रकारले आफूलाई तालिबान लडाकूहरूले काबुलको प्रहरी चौकीमा लगेर यातना दिएको बताएका छन् ।

उनीहरूले काबुलमा महिलाहरूले गरेको विरोधको समाचार लेखेकाले तालिबानबाट यातना सहनुपरेको बताए ।

फोटोपत्रकार नेमतुल्लाह नकदीले आफ्नो टाउकोमा तालिबानले खुट्टा राखेको अनि कंक्रिटमा अनुहार थिचेको बताए ।

नकदी र उनका सहकर्मी ताकी दर्याबी एतिलात रोज नामक दैनिक पत्रिकामा काम गर्छन् । काबुलमा एक प्रहरी चौकीका अगाडि विरोध प्रदर्शन गरिरहेका महिलाको समाचार कभर गर्न उनीहरूलाई खटाइएको थियो । तालिबानले अहिले अनुमतिविना कुनै पनि विरोध प्रदर्शन नगर्न भनेको छ ।

उनीहरूले विरोध प्रदर्शनको तस्वीर लिँदै गर्दा तालिबानले रोकेको थियो । नकदीको क्यामरा तालिबानले खोस्न खोज्दा उनले भीडमा रहेका अरू व्यक्तिलाई त्यो क्यामरा दिए । त्यसपछि दुई पत्रकारलाई तालिबानले प्रहरी चौकी लग्यो अनि घन्टौंसम्म कुटपिट गर्‍यो । त्यसपछि उनीहरूलाइै रिहा गरियो ।

‘तिमीहरूको त टाउको काट्नुपर्ने थियो तर भाग्यमानी रहेछौ,’ तालिबानले उनीहरूलाई भन्यो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here