शुक्रबारबाट हराएका भकुण्डेका थापा मृत्त भेटिए

बागलुङ, २० भदौ । गत शुक्रवारदेखि हराएका बागलुङ नगरपालिका–१० भकुण्डेका २८ बर्षिय सागर थापा मृत्त अवस्थामा भेटिएका छन् ।

शुक्रबार राती १० बजेदेखि बेपत्ता भएका थापा शनिबार राती साढे ८ बजेर घरदेखि ५ सय मिटर पश्चिम तर्फ रहेको पहिरे खोलाको विच भागमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताउनुभयो ।

थापाको मृत्युबारे अनुसन्धान सुरु भएको प्रनि पौडेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here