पोखरीमा पौडी खेल्ने क्रममा डुबेर भकुण्डेमा ८ बर्षिय बालकको मृत्यु

फाइल फोटो

बागलुङ, २० भदौ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेमा आईतबार पोखरीमा पौडि खेल्दा डुबेर एक बालकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १० भुकण्डेका ८ बर्षिय एलस बुढाथोकीको पानी संकलनको लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

पौडी खेल्ने क्रममा डुबेपछि परिवारले उद्धार गरि उपचारको लागि धौलगिरी अ्रस्पताल बागलुङमा ल्याएकोमा डाक्टरले मृत्त घोषणा गरेका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here