नेकपा एस निकट युवा संघ बगलुङको अध्यक्षमा जिसी चयन

बागलुङ, २० भदौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल बागलुङको अध्यक्षमा प्रदिप जिसी चयन भएका छन् ।

युवा संघ नेपाल बागलुङको शनिबार भएको प्रारम्भिक जिल्ला भेलाले जिसीको अध्यक्षतामा ४१ सदस्य जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा फडिन्द्र खड्का, सचिवमा दिपक पुन, सहसचिवमा दुर्गा बहादुर थापा र ममता थापा र कोषाध्यक्षमा पूर्णा थापा मगर चयन भएका छन् । कमिटीले शनिबार नै १५ सदस्य सचिवालय गठन गरेको उपाध्यक्ष फडिन्द्र खड्काले जानकारी दिनुभयो ।

भेलामा नेकपा (एकीकृत समाजवादी) बागलुङका नेता रामजीप्रसाद शर्मा, श्रीप्रसाद शर्मा, नेकपा एस बागलुङका जिल्ला संयोजक लाल बहादुर थापा, जनप्रतिनिधि समन्वय उपसमितिका संयोजक जीवन आचार्य, भूपाल चालिसे र भरत पुरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फडिन्द्र खड्काको अध्यक्षमा सम्पन्न भएको भेलाको संचालन प्रदिप जिसीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here