अमेरिकी ड्रोन आक्रमणमा परी आफगानिस्तनमा बालबालिकाको मृत्यु

ड्रोन हमलामा ध्वस्त कार। फोटो : AP

काठमाडौं । अमेरिकाले ‘आत्मघाती बम आक्रमणकारीहरु’ रहेको गाडीलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा परी बालबालिकाको पनि ज्यान गएको बताइएको छ । उक्त आक्रमणमा परी तीन जना बालबालिकाको ज्यान गएको डेलीमेलले दाबी गरेको छ । उनीहरु कुन उमेरका थिए भनेर खुलाइएको छैन । सिएनएन, तोलोन्युजले आक्रमणमा परी बालबालिकाको ज्यान गएको उल्लेख गरे पनि कति संख्या भनेर उल्लेख गरिएको छैन ।

यता भारतीय समाचार अनलाइन भास्करले ६ जना बालबालिकाको उक्त आक्रमणमा मृत्यु भएको जनाएको छ। भास्करले उक्त आक्रमणमा परी ९ जनाको मृत्यु भएको दाबी गरिएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अतांककारीले अर्को हमला गर्न सक्छन् भनी चेतावनी दिएको केही समयमै अमेरिकाले ड्रोन हमला गरेको हो । ‘आइसिस-केको सम्भावित खतरा’ रहेको भनिएको सो गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको बताइएको छ ।

अमेरिकाले काबुलस्थित एक सवारी साधनमा ड्रोन आक्रमणको अमेरिकी सेनाका प्रवक्ताले पुष्टि गरेको रोयटर्सले जनाएको छ। सो सवारी साधनमा काबुलतर्फ गइरहेका केही आत्मघाती बम आक्रमणकारीहरु सवार रहेको उनले बताए ।

त्यस्तै, काबुल अन्तर्राष्ट्रिय विमानस्थलको उत्तर-पश्चिमी क्षेत्रमा पनि रकेट आक्रमण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

काबुल विमानस्थलमा अर्को सम्भावित आतंकवादी हमलाको लागि अमेरिकाले उच्च सतर्कता अपनाइरहेको छ । उसले नागरिकहरुलाई तुरुन्त सो क्षेत्र छोड्न चेतावनी समेत दिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here