ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु

काभ्रे : बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशि गाउँपालिका ७ लास्कोटबेसीमा बीपी राजमार्गमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई ढुंगा लागेर घाइते भएका थिए। धुलिखेल अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बीपी राजमार्गस्थित रोशीगाउँपालिका ७ मा सडक माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएकालाई प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल ल्याएको थियो। उपचारको क्रममा महोतरी रामगोपालपुर घर भएका २८ वर्षीय सरोज कुमार साहको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । उक्त मोटरसाइकलको पछाडि सवार धनुषा रामानन्दचोक घर भएका ३० वर्षीय सतिसकुमार साह घाइते भएका थिए। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाइते साहको अवस्था सामान्य रहेको थप उपचार धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here