मुख्यमन्त्री नबन्दै भीम आचार्यलाई भ्रातृशोक, भाइ रामप्रसाद मृत फेला

घटनास्थलमा भेला भएका स्थानीय र प्रहरी। तस्बिर : अन्नपूर्ण अनलाईनबाट साभार ।

विराटनग, १० भदौ । एमाले प्रदेश १ संसदीय दलको नेतामा चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको छ । मुख्यमन्त्रीसमेत रहेका शेरधन राईको प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा बिहीबार सर्वसम्मत चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको हो ।

आचार्यका भाइ रामप्रसाद आचर्य मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार रामप्रसाद आफ्नै कोठमा मृत भेटिएका हुन् ।

कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अबस्थामा उनको शव भेटिएको हो ।

भीम आचार्यलाई प्रदेश १को मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेतामा चयन गरिएकै दिन भाइ रामप्रसाद मृत फेला परेका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here