अफगानिस्तानमा तालिवानद्वारा राष्ट्रपति कार्यालय ‘कब्जा’

एजेन्सी । अफगानिस्तानमा विद्रोही तालिवानले राजधानी काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेको दाबी गरेको छ ।

काबुलमा तालिवानको बढ्दो प्रभावका बिच आइतवार दिउँसो राष्ट्रपति असरफ घानीले देश छोडेका थिए । घानीले मित्र राष्ट्रमा शरण लिएपछि तालिवानले राष्ट्रपति कार्यालय नियन्त्रणमा लिएको हो । तालिवानले अफगानिस्तानलाई इस्लामिक इमिरेट घोषणा गर्ने तयारी पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यद्यपि तालिवानले राष्ट्रपति कार्यालय कब्जा गरेको सरकारी अधिकारीहरुबाट पुष्टि हुन बाँकी छ ।

तालिवानले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा सैनिक उडान बाहेकका सबै उडान पनि रद्ध गरेको बीबीसीले जनाएको छ ।

साथै काबुलका ११ जिल्लालाई पूर्ण रुपमा नियन्त्रणमा लिएको तालिवानको दाबी छ । सुरक्षा सुनिश्चितताका लागि जिल्ला नियन्त्रणमा लिएको तालिवानका एक प्रवक्तालाई उल्लेख गर्दै बीबीसीले लेखेको छ । (न्यूज कारखाना)

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here