अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

काबुल (एजेन्सी), ३१ साउन । अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन् । विद्रोही तालिवानको चेतावनीपछि राष्ट्रपति अफरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सलेह छिमेकी देशमा शरणका लागि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

राष्ट्रपतिले देश छाडेसँगै तालिवानी लडाकु राजधानी काबुल शहरभित्र प्रवेश गर्न थालेका छन् ।

पछिल्लो १० दिनमा तालिवानले देशका अधिकांश ठूला सहर नियन्त्रणमा लिएर काबुलतिर अघि बढेको थियो । अमेरिकी सहयोगमा लामो समय सरकार चलाएका राष्ट्रपति घानी बाइडेन प्रशासनले साथ छाडेपछि संकटमा परेका थिए । उनीमाथि राजीनामा दिन अन्तर्राष्ट्रिय दबाब थियो ।

राष्ट्रपतिले देश छाडेसँगै तालिवानले काबुल कब्जामा लिन सुरु गरेको छ । काबुलमा शान्ति व्यवस्था कायम राख्ने भन्दै तालिवानले विज्ञप्तिमार्फत सहर नछोड्न आह्वान गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here