
बागलुङ, २९ साउन । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारबाट विहिबार सम्पर्क विहिन भएका एक पुरुष बागलुङमा मृत्त फेला परेका छन् ।
कुश्मा बजारमा रहेको मुस्ताङ गेष्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङ नगरपालिका–१० दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बिहिबार विहान ६ बजे घरबाट मर्निङवाकको लागि निस्किएका ६० बर्षिय तुलाचन विहान अवेरसम्म घर नर्फकिएको भन्दै परिवारले खोजीकार्यमा सहयोग गर्न जिल्ला प्रहरी पर्वतमा उजुरी दर्ता गरेका थिए ।
तुलाचन बा.न.पा.–१० दबल्याङमा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रहरी निरीषक विराट शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले तुलाचनको शबलाई पोष्टमाटमको लागि धौलागिरी अस्पतालमा लगिएको बताउनुभयो ।








