
बागलुङ, २८ साउन । कोरोना भाइरस संक्रमितहरुको संख्या बढेपछि बागलुङमा आजदेखि कडिा निषेधाज्ञा गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म जिल्लाभर थप कडाईका साथ निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।
बागलुङमा आजदेखि दैनिक उपभोग्य खाद्यान्न पसलहरु (तरकारी, दुध र माछामासु) स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान १० बजेसम्म संचालन गरिने र खाद्यसामाग्री तथा पशुपंक्षीका दानाका पसल र ढुवानी आईतबार, बुधबार र शुक्रबार विहान १० बजेसम्म संचालन गरिने भएको हो ।
बागलुङमा केही सातायता खुकुलो बनाइएपनि जिल्लाका धेरै समुदायमा फेरि संक्रमण फैलिएको र सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले तत्काल रोकथामका लागि जिल्लाभर निषेधाज्ञा कडा पारिएको हो ।
गत वैशाखदेखि सुरु गरिएको लकडाउनमा असार मध्यदेखि केही खुकुलो बनाइँदै लगिएको थियो । तर, खुकुलोपन बढेसँगै कोरोना संक्रमण दर उल्लेख्य बढेको छ ।









