बागलुङमा भदौ ५ सम्म निषेधाज्ञा थप

फाइल तस्विर

बागलुङ, २६ साउन । कोरोना भाइरसको संक्रमण बढेपछि बागलुङमा १० दिनलाई निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर साउन २८ गतेदेखि भदौ ५ गतेसम्म थप कडाईका साथ निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश गौतमको अध्यक्षतामा बसेको बैठकले साउन २८ गते विहान ५ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेको हो ।

बैठकले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने र हिड्डुल नगर्ने निर्णय गरेको छ निषेधाज्ञाको पालना नगरेमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संकलट व्यवस्थापन अध्यादेश, २०७८ एवम् अन्य प्रचलित काुन बमोजिम कारवाही हुने जनाएको छ ।

बैठकले तरकारी, फलफूल, दुध, डेरी जन्य उत्पादन, माछा मासु, पानी, ग्याँस लगायतका अध्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान १० बजेसम्म संचालन गर्ने र खाद्यसामाग्री तथा पशुपंक्षीका दानाका पसल, ढुवानी आइतबार, बुधबार र शुक्रबार स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान १० बजेसम्म मात्र संचालन गर्ने निर्णय गरेको छ ।

यस्तै बैंक तथा वित्तिय संस्थाहरु (सहकारी संस्था, बीमा कम्पनी, मनि ट्रान्सफर समेत) सञ्चालन नगर्ने र अत्यावश्यक भएमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सेवा प्रदान गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट संचालन हुने पूर्वसंचालित परिक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालन गर्ने । परिक्षा तयारी तथा संचालनको लागि समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले एम्बुलेन्स, दमकल, शबबाहन, तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, माछा, मापसु, पानी विउ, विजन उपज, ग्याँस तथा पेट्रोलियम पदार्थ र निर्माण सामाग्री बोकेका सवारी साधानहरु, चिकित्सव तथा स्वास्थ्यकर्मी, डयुटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेका साधनहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी साधनहरु, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनहरु बाहेकका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।

यस्तै कोभिड–१९ को खोप कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालन गर्ने र अन्य जिल्लाबाट यस जिल्ला भई निषेधाज्ञचा लागु नभएका जिल्लामा जाने सवारी साधन यस जिल्लामा यात्रु चढाउन र ओराल्न नपाउने गरी सहजीकरण गरिने बैठकले निर्णय गरेको छ । अत्यावश्यक बाहेक सवै सरकारी तथा गैर सरकारी कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here