
बागलुङ, २२ साउन । नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ –एन्फा)ले नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जानकारी गराएको हो ।
एन्फाले सेप्टेम्बर २ र ५ गते दशरथ रंगशालामा भारतसँग खेल्ने निश्चित भएको आधिकारिक वेभसाइट मार्फत जानकारी गराएको छ ।
हालसम्म नेपाल र भारत १९ पटक प्रतिस्पर्धा गरेका छन् । भारतले १३ पटक र नेपालले २ पटक जित हात पारेका छन्भने ४ पटक बराबरीमा भएको छ ।
दुवै पक्ष आगामी साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् ।








