पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको कोप्रे झरना

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै रहेको कोप्रे झरना एकाएक चर्चामा आएको छ ।

कोरोना प्रकोप शुरू भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण घुमफिर र रमाइलोका लागि टाढाटाढा जान सक्ने वातावरण नहुँदा नजिकका सम्भावित स्थलको खोजी हुने क्रममा कोप्रे झरनाको पहिचान भएको हो ।

बेनी नगरपालिका–२ बगरफाँटको दुधेखोलानजिक रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । विशेषगरी युवायुवतीको आकर्षक स्थलका रूपमा यो विकसित हुँदै गएको छ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो ।

बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिस समेत पुग्ने गर्छन् । लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण कोप्रे झरनामा रमाएर फर्कने गरेका छन् । रासस

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here