
बाङ्ग्लादेशमा चट्याङका कारण एउटा बिहेको भोजमा सहभागी भएका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् ।
उत्तरी बाङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेको बेलामा ठूलो वर्षा भएको थियो । स्थानीय बासिन्दाका अनुसार उनीहरूमाथि चट्याङ खसेको थियो ।
एक स्थानीय अधिकारीले बीबीसी बाङ्ग्लालाई बताएअनुसार बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा हुन् । “भोजमा सहभागी भएका मानिसहरू पद्मा नदीपारि पाकातिर जाँदै थिए । ठूलो पानी पर्न थालेपछि उनीहरू टिनको छानोमुनि ओत लाग्न बसेका थिए,”उक्त घटनाबारे स्थानीय अधिकारी शकिब-अल-राबीले भने ।
घटना हुँदा बेहुली उक्त समूहमा थिइनन् ।
बिबिसि










