बागलुङ, १९ साउन । तीज नजिकिदै गर्दा अचेल दैनिक थुप्रै तीज गीत सार्वजनिक हुन थालेका छन् । यस्तैमा बागलुङका युवाहरुको ‘उफ्रि उफ्रि नाचन केटा हो’ बोलको गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक गरिएको छ ।
बागलुङका दुई युवा गायक सुवास खत्री र सन्तोष खत्रीले नेपाली महिलाहरुको महानचाड हरितालिका तीजको अवसरमा नयाँ गीत सार्वजनिक गरेका हुन् ।
सुवास खत्री र सन्तोष खत्रीको स्वर, सुजित र सुजल खत्रीको शब्द र सन्तोष खत्रीले संगित भरेको गीतको एरेन्ज तारानाथ आचार्यको छ ।
सुमन खड्काले निर्देशन गरेको उक्त गीतको भिडियोको सहनिर्देशन डिप्लब खत्रीले गरेका छन् । भिडियोमा श्याम क्षेत्री, सुदिप तामाङ, मनोज गिरी, अजय सिंह ढकाल, नविना सुवेदी, अस्मिता रानाभाट, सन्तोष खत्री र सुबास खत्रीको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई अजय केसीले खिचेका हुन्भने मनिष कंडेलले सम्पादन गरेका छन् ।
भिडियो