रास्वपा बागलुङ नगरको अध्यक्षमा कार्की चयन

बागलुङ, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ नगर सभापतिमा रोशन कार्की सर्वसम्मत निर्वाचत हुनुभएको छ ।

रास्वपा बागलुङ नगर समितिको आईतबार सम्पन्न प्रथम अधिवेशनले कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । समितिको उपसभापतिमा जगत बहादुर खत्री, सचिवमा झपिन्द बहादुर केसी, सहसचिवमा महेन्द्र रिजाल र कोषाध्यक्षमा शिवकला थापा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा अमृत सापकोटा, पर्वत कुँवर थापा, निशान थापा, अशोक केसी, राम बहादुर कार्की (शिव), ऋषिराम सुवेदी, पुजा परियार, सुष्मिता केसी र हिरा कार्की चयन भएको निर्वाचन समितिका संयोजक तथा रास्वपा गण्डकी प्रदेश सचिवालय सदस्य खिमानन्द पौडेलले जानकारी दिनुभयो । सभापतिमा निर्वाचित कार्की गतफागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नं. १ को निर्वाचन परिचालन समितिका संयोजक रहनुभएको थियो ।

नगर अधिवेशनबाट आगामी असरमा हुने केन्द्रीय महाधिवेशनका लागि महेन्द्र खड्का र अभिषेक कटुवाल क्षत्रीलाई प्रतिनिधि चयन गरिएको छ । यस्तै प्रदेश प्रतिनिधिमा इश्वर खत्री र भरत बहादुर रोका तथा जिल्ला प्रतिनिधिका लागि मनोज थापा, लालबहादुर पाठक, लक्ष्मी केसी र खिमराल सापकोटालाई चयन गरेको छ ।

रास्वपा बागलुङले जेठ ११ गते जैमिनी नगरपालिका, १२ गते काठेखोला गाउँपालिका, १३ गते बडिगाड गाउँपालिका, १४ गते ढोरपाटन नगरपालिका, १५ गते तमानखोला गाउँपालिका, १६ गते निसीखोला गाउँपालिका र १७ गते गलकोट नगरपालिकाको अधिवेशन गर्ने तय गरेको छ । जेठ २४ गते जिल्ला अधिवेशन आयोजना गरिएको रास्वपाका क्षेत्रीय सभापति बालकृष्ण शर्माले जानकारी दिनुभयो ।