कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

फाईल तस्विर

बागलुङ, १४ साउन । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् ।

बिहीबार दिउँसो १ बजे बागलुङ नगरपालिका वडा नम्बर १ को निरयाट (कालीगण्डकी नदी किनार)मा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ बर्षिय अभिषेक विक र १३ बर्षिय यमबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताउनुभयो ।

पौडी खेलिरहेका एक जनालाई बगाए पछि बचाउने क्रममा दुबै बालक बेपत्ता भएको जिप्रका बागलुङका प्रनाउ हवारीले बताउनुभयो । बेपत्ता भएका अभिषेक रुद्रेपिपल माविमा कक्षा ७ मा अध्ययरत छन् भने यमनले ओयसिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छन् ।

उनीहरुसँगै पौडी खेल्न गएका ११ बर्षीय प्रश्न विक र ११ बर्षीय भिषण पुन भने सकुशल छन् ।

बेपत्ता दुई बालकको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना नेतृत्वको विपद व्यवस्थापन टिमले खोजी कार्य जारी राखेको डिएसपी हवारीले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here