
गुल्मी, १३ साउन । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ भन्ल्याङ्गमा यात्रुबहाक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बुधबार मध्याह्न गुल्मीको शान्तिपुरबाट तम्घास जाँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । मृतकको सनाखत हुन कसेको छैन ।
१० जना यात्रु सवार जीप सडकबाट ५ सय मिटर तल खोलामा खसेको छ ।
अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।








