
बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१४ नारायणस्थानको सुनारटोलमा आईतबार राती एक कुखुराको खोरमा चितुवा फसेको छ । भक्तबहादुर सुनारले बनाएको कुखुराको खोरमा चितुवा फसेको वडा सदस्य भक्तबहादुर खत्रीले बताए ।
यसभन्दा पहिले चितुवाले त्यस ठाउँमा बाख्रा र कुखुरा मारिदिने गरेको थियो । चितुवा कुखुरा खान गएको समयमा खोरमा फसेको हुन सक्ने स्थानियले बताए ।
त्यस ठाउँमा डिभिजन वन कार्यालयको टोली पुगेको कार्यालय प्रमुख मुकुन्द घिमिरेले बताए ।
उनका अनुसार कार्यालयको खोरमा चितुवा राख्न सके आजै बागलुङ ल्याई प्राकृतिक बासस्थानमा छोडिने छ । खोरमा राख्न नसकिए चितवनबाट चितुवा बेहोस पार्ने मान्छे आएपछि बागलुङ ल्याई प्राकृतिक बासस्थानमा छोडिनेछ ।
भिडियो








