
बागलुङ, ११ साउन । कोरोना भाइरसको संक्रमणबाट बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।
धौलागिरी अस्पताल बागलुङमा उपचाररत जैमिनी नगरपालिका वडा नम्बर ३ का ५१ बर्षिय पुरुषको सोमबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।
कोरोना भाइरसको लक्षण देखिएपछि साउन ३ गते अस्पताल भर्ना भएका उनको अस्पतालमा पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालको आइसियुमा उपचाररत उनको सोमबार विहान ६ बजेर ३२ मिनेटमा मृत्यु भएको धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। शैलेन्द्र विक पोखरेलले बताउनुभयो ।
मृत्तक पुरुषलाई गम्भिर प्रकारको कोभिड निमोनियाको समस्या रहेको डा। पोखरेलले जानकारी दिनुभयो ।
बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।








