
बागलुङ, ८ साउन । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली काँग्रेसको कोटाबाट मन्त्री बन्न लागेका मणिभद्र शर्मा कंडेलले पर्यटन, उद्योग, बाण्ज्यि तथा आपूर्ति मन्त्रालय समाहल्ने भएका छन् ।
गण्डकीमा आज नेपाली काँग्रेसबाट तीन जना मन्त्री बन्ने भएका हुन् । काँग्रेसले मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा मन्त्री बनाउने निर्णय गरेको हो । काँग्रेसले सुरुवातमा दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेपनि अन्तिम समयमा दोबाटेको स्थानमा विन्दुकुमार थापालाई मन्त्री बनाउने निर्णय गरेको छ ।
पार्टीमा गुटको दबाब कारण गण्डकी प्रदेशको मन्त्रीमा छानिएका कांग्रेस सांसद विक सपथग्रहणका लागि जाँदा–जाँदै उनको नाम काटिएको छ । दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।
शेरबहादुर देउवा पक्षीय कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई कानूनमन्त्री बनाउन माथिबाट दबाब परेपछि रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका उनी निकट दोबाटे विकको नाम काटिएको स्रोतले जनाएको छ ।
विन्दुकुमार थापा थापा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन् । सामाजिक मन्त्री रहेका कुमार खड्का भौतिक पूर्वाधार मन्त्री बन्ने छन् भने सामाजिक विकासमा मेषलाल श्रेष्ठले सपथ लिने भएका छन् ।








