अचेल हरेक उमेरका मान्छेमा एउटा रुची छ, शरीरका अलग-अलग अंगमा ट्याटु खाेपाउने ।

कतिपयले त शरीरका हरेक जसो भागमा ट्याटु खाेपाइसकेका हुन्छन्। ट्याटुको प्रचलन दिनप्रतिदिन लाेकप्रिय बन्दैछ । तर पछिल्लो समय सिक्रेट ट्याटुको अचम्मको प्रचलनले चर्चा कमाइरहेकाे छ ।

मान्छेले ट्याटु बनाउन शरीरको यस्तो अंग चुनेका छन्, जुन थाहा पाएर तपाईँ अचम्ममा पर्नु हुनेछ ।

आजकल मान्छे मुखभित्र तालुमा पनि सिक्रेट ट्याटु खाेपाउन थालेका छन् । मुखभित्र ट्याटु खोपाउने मध्येकी एक हुन् बेल्जियमकी प्रसिद्ध ट्याटु कलाकार इण्डि वायट ।

​वायट यसका लागि पाँच वर्षदेखि काम गरिरहेकी छन् । मुखभित्र ट्याटु बनाउने काम धेरै कठिन हो ।

शरीरको बाहिरी भागमा ट्याटु खोप्न सुईबाट छेड्ने क्रिया हुन्छ। त्यसरी नै सुईले छेडेर मुखभित्र ट्याटु बनाइने गरिन्छ ।

ट्याटु खोपाएपछि केही दिन मसलादार भोजन र कडा पेय पदार्थ सेवन गर्न मिल्दैन । एजेन्सी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here