बागलुङ, ५ साउन । बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा मदिरा पोइजन भएर चार जनाको मृत्यु भएको छ ।

सोमबार साँझ गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा भद्र बहादुर थापाले संचालन गरेको मिलन किराना पसलमा लोकल मदिरा (रक्सी) सेवन गरेका रोल्पाका चार जनाको मृत्यु भएको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । मिलन किराना पसलमा मल्मका भक्तबहादुर बलालले उत्पादन गरेको मदिरा सेवन गरेपछि विरामी भएपछि धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ हवारीले जानकारी दिनुभयो ।

‘१४ जनाको टोलीले मदिरा सेवन गरेको रहेछन्,’ प्रनाउ हवारीले भन्नुभयो–‘मदिरा सेवन गरेका मध्य ६ जना पसलबाट आफुहरु बस्ने तीन सय मिटरको दुरीमा जाँदै गर्दा विरामी भएपछि गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमकि उपचार गरि थप उपचारको लागि धौलागिरी अस्पतालमा ल्याएपछि उपचारको क्रममा चार जनाको मृत्यु भएको र दुई जनाको उपचार भइरहेको छ ।’

हवारीले रोल्पा सुनिलस्मृति गाउँपालिकाका २१ बर्षिय दिपेन्द्र पुन मगर,३९ बर्षिय दुतबहादुर राना, ५१ बर्षिय खेम बहादुर राना र ३० बर्षिय प्रविन घर्तिको मृत्यु भएको बताउनुभयो । उहाँले सोहि स्थानका ३८ बर्षिय खेमराज घर्ति र ३० बर्षिय प्रविन घर्तिको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको र उनीहरुको अवस्था गम्भिर रहेको बताउनुभयो ।

उनीहरुले ६ लिटर घरेलु उत्पादक मदिरा (लोकल रक्सी), चाउचाउ, दालमोट, आफुहरुले घरबाट ल्याएको टिमुर खाएको प्रनाउ हवारीले बताउनुभयो । उहाँले पसल संचालक भद्र बहादुर थापा र मदिरा उत्पादक भक्त बहादुर बलाललाई पक्राउ गरि अनुसन्धान भइरहेको बताउनुभयो । रक्सी, चाउचाउ, दालमोटहरु खाएकोले के खानाले विरामी भए भन्ने बारेमा अनुसन्धान भइरहेको प्रनाउ हवारीले बताउनुभयो ।

सँगै मदिरा सेवन गरेका १४ जना मध्य ८ जनाको अवस्था भने सामान्य रहेको छ । उनीहरु मल्ममा खानेपानी आयोजनामा काम गर्दै आएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here