बागलुङ, ३ साउन । अबैध गर्भधारणा गरेर भ्रूण हत्या गरेको आरोपमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० की एक युवती पक्राउ गरेकी छिन् ।

जैमिनी नगरपालिका वडा नम्बर १० राङखानीमा ५ महिनाको भ्रूण हत्या गरि माटोमुनि गाडिएको अवस्थामा भेटिएको छ । भ्रूण हत्या गरि गाडेको आरोपमा राङखानीकी २६ बर्षियालाई प्रहरीले प्रक्राउ गरेको छ ।

ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण (बच्चा) जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटेपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । स्थानियहरुले बारीमा भ्रूण (बच्चा) गाडेको देखेपछि शनिबार बरेङ प्रहरी चौकीमा खबर गरेका थिए । स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक अमृत कुँवरको कमाडमा ५ जनाको प्रहरी टोली र प्रहरी निरिक्षक विजय भण्डारीको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेपछि एक जना महिलालाई हत्या आरोपमा प्रक्राउ गरेको प्रनाउ हवारीले बताए ।

हवारीले स्थानीयको आशंकाका आधारमा उक्त महिलालाई पक्राउ गरि अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । ती महिलाका श्रीमान ३ बर्षदेखि रोजगारीको शिलशिलामा साउदीमा कार्यरत रहेका छन् ।

पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय ल्याएको र स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धामन थालिएको प्रनाउ हवारीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here